आइतबार, वैशाख ७, २०८२

पछिल्लो हारबाट सिकेर उपाधि लक्ष्यका साथ अघि बढेको युवा टोली

च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई विदाइ गर्न अखिल नेपाल फुटबल संघ एन्फामा पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवले त्यही कुरा खेलाडीलाई सम्झाए। उनले खेलाडीलाई शुभकामना दिँदै भने, ‘पुरुषको सिनियर टिम च्याम्पियनसिपमा दोस्रो भएको छ। तर यो टिमलाई तपाईंहरुले पहिलो नै बनाउनुहोस्– म शुभकामना दिन चाहन्छु।’
 |  मंगलबार, मंसिर २१, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, मंसिर २१, २०७८

vianetvianet

काठमाडौं– गएको विजयादशमीको भोलिपल्ट नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेल्यो। माल्दिभ्सको मालेमा आयोजित प्रतियोगिताको फाइनलमा भारतसँग हार बेहोरेपछि नेपालले पुरुषतर्फ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन।

triton college

यू–१९ महिला टिमको साफको इतिहास पनि ठ्याक्कै उस्तै छ। सन् २०१८ मा यू–१९ नभएर यू–१८ प्रतियोगिता भएको थियो। त्यसकै त्यो पहिलो संस्करण थियो भने दोस्रो संस्करण आगामी डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप हो। पहिलो संस्करण भुटनाको चाङलिम्थिङ रंगशालामा आयोजना भयो। जहाँ समूह बीमा रहेको नेपाल उपविजेता हुँदै सेमिफाइनलमा भारतलाई हराएर फाइनल पुग्यो। र, फाइनलमा बंगालादेशसँग १–० गोलले पराजित भयो।

यता, आज (मंगलबार) नेपाली यू १९ महिला टिम दोस्रो संस्करणको साफ च्याम्पियनसिप खेल्न बंगलादेश प्रस्थान गरेको छ। र, ती दुवै फाइनलमा बेहोरेको हारले घायल नेपाली फुटबललाई यो च्याम्पिनयसिपमा जित निकालेर सान्त्वना जिने योजनामा नेपाली खेलाडी छन्।

च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई विदाइ गर्न अखिल नेपाल फुटबल संघ एन्फामा पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवले त्यही कुरा खेलाडीलाई सम्झाए। उनले खेलाडीलाई शुभकामना दिँदै भने, ‘पुरुषको सिनियर टिम च्याम्पियनसिपमा दोस्रो भएको छ। तर यो टिमलाई तपाईंहरुले पहिलो नै बनाउनुहोस्– म शुभकामना दिन चाहन्छु।’

सदस्य सचिवको शुभकामना खेलाडीलाई निकै चित्त बुझ्यो सायद, सबै खलाडीले हाँसेर स्वागत गरे। अहिले सदस्य सचिव घिसिङको मात्र होइन सम्पूर्ण नेपाली फुटबलप्रेमीको आशा बोकेर यू–१९ फुटबल टिम आज दिउँसो २ बजे बंगलादेश प्रस्थान गरेको छ। र, उपाधि जितेर फर्किने कुरामा आशावादी देखिन्छिन् टिमकी कप्तान अञ्जना राना मगर। ‘यो च्याम्पियनसिपमा बलिया भनेको नेपालसँगै इन्डिया र बंगलादेश हुन्। तर ती देशलाई पराजित गर्दै उपाधि नेपाल लिएर आउने विश्वास गरेका छौं। हाम्रो मुख्य लक्ष्य भनेको भारत र बंगलादेशलाई हराउनु हो,’ गोलकिपर अञ्जनाले विदाइ कार्यक्रमपछि भनिन्।

National life insurance

यू १९ टिमका प्रशिक्षक छन् हरिओम श्रेष्ठ। श्रेष्ठले पनि नेपाली टिमलाई ढाकाको मोस्तफा कमल रंगशालामा हुने च्याम्पियनसिपको विजेताका रुपमा देखेका छन्। त्यसका लागि छोटो तयारी रहे पनि फलदायी रहेको बताएका छन्। उनले भने, ‘हामीले यो टिम छोटो समयमा तयार गर्यौँ। त्योभन्दा अघि उपमेयर कपबाट महिला लिग छनोटबाट खेलाडी छनोट गरेका हौँ। त्यहाँबाट हामीले बेस्ट खेलाडी छानेर ४० जनाको टिम तयार गर्यौँ।’ उनले तीन हप्ताअघि ४० जनालाई बन्द प्रशिक्षणमा बोलाएका थिए। त्यसबाट पहिलो चरणमा १० जना र दास्रो चरणमा ७ जना खेलाडी बाहिरिएपछि अहिलेको टिम बनेको हो। 

‘यो टिम निकै राम्रो छ। पोजिसनवाइज हेर्ने हो भने सबै खेलाडी सबै पोजिसनमा देशभरका उत्कृष्ट छन्,’ प्रशिक्षक श्रेष्ठले भने, ‘पछिल्लो समय यू १९ मा हामी दोस्रो भयौँ नि त। यो पाली हामी च्याम्पियन हुने दाउमा छौं।’

यता च्याम्पिनसिपकै दौरान नेपाली सिनियर महिला टिमले फोर नेसन्स कप खेल्ने योजना थियो। तर, ओमिक्रोन नामका कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिन सुरु भएपछि फोर नेसन्स कप स्थगित भयो। त्यसैले सिनियर टिममा अभ्यास गरिरहेका यू १९ मा खेल्न पाउने खेलाडी पनि यो टिममा आइपुगेका छन्। अहिले यू १९ टिममा ६ खेलाडी सिनियर टिममा खेलिसकेका खेलाडी छन्। सिनियर टिममा खेल्नेमा गोलकिपर अञ्जना राना मगर, डिफेन्डर विमला विकेसहित एक मिडफिल्डर र तीन फरवार्ड छन्।

च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई विदाइ गर्न अखिल नेपाल फुटबल संघ एन्फामा पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवले त्यही कुरा खेलाडीलाई सम्झाए। उनले खेलाडीलाई शुभकामना दिँदै भने, ‘पुरुषको सिनियर टिम च्याम्पियनसिपमा दोस्रो भएको छ। तर यो टिमलाई तपाईंहरुले पहिलो नै बनाउनुहोस्– म शुभकामना दिन चाहन्छु।’

मिडफिल्डरमा प्रिती राई र फरवार्डमा रहेका रश्मि कुमारी घिसिङ, सविता राना मगर र रजनी थोकर छन्। ‘सिनियर टिमका खेलाडीको खेल राम्रो हुने भइनै हाल्यो। पहिले चाहिँ फोर नेसन्समा जाने भनेर दुई जना सिनियर टिममा र बाँकी यू १९ मा थिए। अहिले फोर नेसन्स स्थगित भएपछि सिनियर टिममा दुई खेलाडी थपिएका छन्,’ उनले भने।

दुई जना नयाँ खेलाडी आएपछि टिमको मनोबल उच्च रहेको प्रशिक्षक श्रेष्ठ बताउँछन्। ‘पहिला जुन अभाव थियो प्रिति राई र सविता राना मगर थपिएपछि त्यो अभाव पूरा भएको छ,’ उनले भने। पछिल्लो सिजनमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएर उपाधि गुमाउनु परेको थियो। यो वर्ष साफ बंगलादेशमै हुँदैछ। त्यसैले नेपालको योजना बंगलादेशलाई नै हराएर उपाधि जित्ने हो।

‘टिमको मोरल हाइ छ। बंगलादेशसँग बदला पनि लिनु छ। जसरी भए पनि जितेरै आउनु छ। उनीहरुकै मैदानमा भए पनि उनीहरुलाई जितेर आउनु छ,’ प्रशिक्षक श्रेष्ठले भने। उनले अहिले नेपाली यू १९ मा स्कोरिङ समस्या नरहेको बताएका छन्। ‘अहिलेको टिम पछिल्लो संस्करण खेलेको भन्दा राम्रो छ। स्कोरिङमा समस्या छैन। तीन फरवार्ड सिनियर खेलाडी नै छन्। नयाँ आउनेमा अमिषा कार्की र कुसुम खतिवडा निकै उत्कृष्ट छन्,’ उनले भने।

तर प्रशिक्षक श्रेष्ठका लागि सिनियर टिमका खेलाडी र नयाँ खेलाडीबीचको तालमेल मिलाउने भने कठिन हुनेछ। त्यो किनभने, महिला छनोट पछि थोरै सयम मात्र बन्द प्रशिक्षणमा बस्ने खलाडी पनि छन्। जसले अन्तर्राष्ट्रिय फुटबलको अनुभव लिएकै छैनन्। साथमा केहि त्यस्ता खेलाडी पनि छन् जसले पहिलो यू १६ र यू १९ खेलिसकेका छन्।

सबै खेलाडीको तालमेल मिलाउन कत्तिको चुनौति छ? जवाफमा प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘त्यति गाह्रो छैन। किनभने पहिले नै चार खेलाडी ल्याएर हामीले ट्रेनिङ गराइरहेका थियौं। त्यसमाथि सिनियर टिमसँगको मैत्रीपूर्ण खेल पनि खेलेका छौँ। त्यतिबेला दुई टिमले प्रतिस्पर्धात्मक खेल खेलेका थिए। त्यसरी हेर्दा त हाम्रो टिम बलियो र सन्तुलित छ भनेर बुझनुपर्यो नि!’

टिमको पहिलो रोजाइको गोलकिपर समेत रहेकी कप्तान अञ्जना राना मगरले पनि टिम सन्तुलित रहेको बताइन्। भनिन्, ‘टिमको तयारी राम्रो छ। राम्रो प्रशिक्षक पाएका छौं। हाम्रो टिममा डिफेन्सदेखि फरवार्डसम्म राम्रो पाएका छौं।’ उनले थपिन्, ‘बलियो पनि छ। छ जना राष्ट्रिय टिमको खेलाडी भएकाले जुनियर खेलाडीहरु सिनियर टिमका खेलाडीसँग खेल्न पाउँदा उत्साहित पनि छन्। टिम सन्तुलित भएको छ र यो वर्ष टिमको योजना च्याम्पियन हुने छ।’

प्रतियोगितामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका र भारत सहभागी हुनेछन्। पहिलो संस्करणमा श्रीलंकाको अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएको थियो भने दक्षिण एसियाका माल्दिभ्स र पाकिस्तानको सहभागिता थियो। पहिलो संस्करणमा छ टिम सहभागी प्रतियोगितामा यो संस्करणमा पाँच टिम सहभागी छन्।

नेपाली टिम

सलोनी राना मगर, सबिना चौधरी, मञ्जुकुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, बिमला बिके, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दीपा शाही, कुसुम खतिवडा, सविता राना मगर, सरस्वती हमाल, प्रीति राई, अमिषा कार्की र मेनुका कुमारी आले मगर

गोलकिपरः अञ्जना राना मगर, सावित्री किसन र अंकिता राई

प्रकाशित: Dec 07, 2021| 18:04 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।