बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उमेश श्रेष्ठ र विनोद चौधरी केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न नपाउने!

उमेश श्रेष्ठ र विनोद चौधरी केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न नपाउने!

कांग्रेसको विधानमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नका लागि क्रियाशील सदस्यता लिएको १० वर्ष पुरा भएको हुनुपर्ने प्रावधान छ। तर यी दुवै नेताले कांग्रेस क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको छैन।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेताद्वय उमेश श्रेष्ठ र विनोद चौधरी केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा गर्न नपाउने भएका छन्। कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्नका लागि उनीहरूको योग्यता नपुग्ने भएको हो। 

कांग्रेसको विधानमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नका लागि क्रियाशील सदस्यता लिएको १० वर्ष पुरा भएको हुनुपर्ने प्रावधान छ। तर यी दुवै नेताले कांग्रेस क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको छैन।

उमेश श्रेष्ठ दोस्रो संविधानसभा भन्दा केही समयअघि कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए भने चौधरी दोस्रो संविधानसभाको समयमा कांग्रेस प्रवेश गरेका थिए। 

श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्री छन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए।  श्रेष्ठ प्याबसनको अध्यक्ष पनि नेकपा एमालेको तर्फबाट नै बनेका थिए। 

तर, श्रेष्ठले भने आफू ११ औं महाधिवेशनदेखि नै कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गरेका छन्। उनले भने, म ११ औं महाधिवेशनदेखि नै कांग्रेसको क्रियाशील सदस्य हुँ। मलाई रोक्नका लागि अनावश्यक हल्ला फिँजाइएको हो। 

प्रकाशित: Dec 07, 2021| 17:55 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...