काठमाडौं– युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेल आजबाट सुरु हुँदैछ।
३२ टिम सम्मिलित लिगमा १६ टिमले आज समूह चरणको आफ्नो अन्तिम खेल खेल्नेछन्। बाँकी १६ टिमले भने भोलि बुधबार राती समूहको अन्तिम खेल खेल्नेछन्। लिगमा सहभागी सबै टिमलाई हरेक समूहमा ४–४ टिम पर्ने गरी ८ समूहमा विभाजन गरिएको छ।
डबल राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा चार समूहको अन्तिम खेल मंगलबार राति हुनेछ। मंगलबार राति समूए ए, बी, सी र डीका अन्तिम खेल हुँदैछन्।
समूह एअन्तर्गत आरबी लाइप्जिकले म्यानचेस्टर सिटीको सामना गर्नेछ। त्यस्तै सोही समूहको अर्को खेलमा पेसिर सेन्ट जर्मेन पीएसजीले क्बल ब्रुगको सामना गर्नेछ।
यो समूहबाट सिटी र पीएसजी अन्तिम १६ मा पुगिसकेका छन्।
समूह बीअन्तर्गत आज राति पोर्टोले एट्लेटिको मड्रिडको सामना गर्नेछ। त्यस्तै, लिभरपुलले एसी मिलनाको सामना गर्नेछ। यो समूहमा सबै खेलमा जित निकाल्दै लिभरपुल अर्को चरणमा पुगिसकेको छ भने दास्रो हुने टिमको टुंगो आज लाग्नेछ।
समूह सीअन्तर्गत आज राति आयाक्सले स्पोर्टीङ क्लबको सामना गर्नेछ। त्यस्तै, डर्टमन्डले बेसिकट्सको सामना गर्नेछ। यो समूहमा शीर्षस्थानको आयाक्सले अन्तिम १६ मा स्थान बनाइसकेको छ भने दोस्रो हुने टिमको टुंगो आज राति लाग्नेछ।
त्यस्तै, समूह डीमा रहेको रियल मड्रिडले इन्टर मिलानको सामना गर्नेछ। सोहि समूहको अर्को खेलमा सेरिफले सख्तर डोनेटेस्को सामना गर्नेछ। समूह डी बाट रियल र इन्टर मिलानले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।
रहेका समूहका शीर्ष दुई टिम अन्तिम १६ मा प्रवेश गर्नेछन्। त्यस्तै, तेस्रो हुने टिमले दोस्रो श्रेणीको युरोपा लिग खेल्न पाउनेछ। तेस्रो हुने टिम भने यो वर्षको युरोपली प्रतियोगिताबाट बाहिरिनेछ।