बुटवल- नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति एवम् लुम्बिनी प्रदेशका मन्त्री वीरबहादुर रानाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी रानाले संस्थापन इतर (पौडेल) समूहबाट आदिवासी/जनजातितर्फको कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
लुम्बिनीका ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री रहेका रानाले राजनीतिमा नैतिकता स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरे।
कांग्रेसमा स्वेच्छारी प्रवृत्ति देखिएकाले त्यसलाई सुधार गर्नका लागि असल नेता एक भएर आउनुपर्ने बताए। रानाले राजनीतिक रुपमा समेत महत्वपूर्ण क्षेत्र पाल्पा भएकाले त्यसलाई उचित स्थान दिन माग गरेका थिए।