काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा लड्ने आफू पक्षका साझा उम्मेदवारबारे आजै निर्णय गर्नुपर्ने बताएका छन्। दिउँसो प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको भेलामा नेता पौडेलले यस्तो बताएका हुन्।
भेलामा संस्थापन इतरबाट सभापतिका आकांक्षीहरू शेखर कोइराला, शशांक कोइराला र पौडेलसहित पार्टीका प्रभावशाली केन्द्रीय सदस्यहरू सहभागी थिए।
'चार जना बसेर टुंग्याउने आजै टुंगो लगाउनुपर्छ, ' वरिष्ठ नेता रामचन्द्र पौडेललाई उद्धृत गर्दै भेलामा सहभागी एक केन्द्रीय सदस्यले भने, 'रातभर लगाएर भएपनि उम्मेद्वार आजै साझा उम्मेदवार तय गरौँ।' चारजना मात्रै भएपनि बसेर टुंगा लाउनुपर्नेमा सबै नेता सहमत भएको ती नेताको भनाइ छ।