बिहीबार, भदौ ४, २०८३

कांग्रेस अधिवेशन : सर्लाही-४ मा मतदान जारी

अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन्। उक्त क्षेत्रमा करिब ८०० मतदाता छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

सर्लाही- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ को अधिवेशन सुरु भएको छ। नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको हो। गोडैता नगरपालिका–५ रामवनमा मतदानको कार्यक्रम भइरहेको कांग्रेस सर्लाहीले जानकारी दिएको छ।  

अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन्। करिब ८०० मतदाता छन्।

अमरेश र वीरेन्द्र दुवै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका छन्। अमरेश र वीरेन्द्र पक्षबीचकै विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको थिएन। 

अहिले क्षेत्र नम्बर १ र ४ मा मतदान भइरहेको छ भने ३ मा प्रक्रिया सुरु भएको छ। क्षेत्र नम्बर ३ मा बुधबार मतदान हुने भएको छ। क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ।

प्रकाशित: Dec 07, 2021| 17:04 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...