बिहीबार, भदौ ४, २०८३

कांग्रेस सहमहामन्त्रीमा शाहीको उम्मेदवारी घोषणा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उमेदवारी घोषणा गरेका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उमेदवारी घोषणा गरेका छन्। कांग्रेसका केन्द्रीयसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले हालसम्म तीन कार्यकाल केन्द्रीय सदस्य भई पार्टी हितमा कुशलतापूर्वक भूमिका निर्वाह गरेकाले यसपटक सहमहामन्त्री पदमा उनले मनोनयन दर्ता गर्ने बताए। हुम्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै मुख्यमन्त्री भएका शाही यसअघि संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री भएका थिए।

प्रदेशसभामा कांग्रेसको ६ सिटमात्र भए पनि वर्तमान सत्ता गठबन्धन निर्माणको सुरुवात कर्णालीबाटै आफूहरूले गरेकाले पार्टी नेताहरूले उक्त भूमिकाको मूल्यांकन गर्दै सहमहामन्त्रीको जिम्मेवारी दिनुपर्ने शाहीको भनाइ छ।

प्रकाशित: Dec 07, 2021| 16:17 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...