बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा कार्यकर्ताको प्रदर्शन, प्रकाशमानले भने– प्रयत्नशील छौं

साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा कार्यकर्ताको प्रदर्शन, प्रकाशमानले भने– प्रयत्नशील छौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी एकताका लागि दबाब दिएका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं– नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी एकताका लागि दबाब दिएका छन्। कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पुगेर टेकराज पौडेल, राजेन्द्र बजगाईं, सीता सापकोटा लगायत युवाहरूले पार्टी एकताको सन्देश दिन र आशन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिएका हुन्। 

सिंह निवासमा संस्थापन इतर समूहका नेताहरुको छलफल चलिरहेका बेला बाहिर कार्यकर्ताहरुले अहिले नमिले कहिले मिल्ने? एकतामात्रै जितको आधार हो, नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस् लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। ती प्लेकार्ड उनीहरुले नेताहरुलाई बुझाएका छन्। 

सभापतिको साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा नेताहरुको बैठक जारी छ। बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला लगायत सहभागी छन्। नेता सिंहले छलफल जारी रहेको भन्दै कुनै निर्णयमा नपुगिएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘पार्टीको गरिमा, पार्टीको इमेज जोगाउनुपर्छ। साझा उम्मेदवार चयन गर्न सकिन्छ कि भनेर प्रयत्नशील छौं।’

प्रकाशित: Dec 07, 2021| 16:13 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...