बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गुरुराज घिमिरेको गुनासो– सभापतिले ममाथि दोस्रोपटक राजनीतिक हिंसा गर्नुभयो

गुरुराज घिमिरेको गुनासो– सभापतिले ममाथि दोस्रोपटक राजनीतिक हिंसा गर्नुभयो

प्रदेश १ को सभापतिमा पराजित भएका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आफूमाथि राजनीतिक हिंसा भएको बताएका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं– प्रदेश १ को सभापतिमा पराजित भएका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आफूमाथि राजनीतिक हिंसा भएको बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित भएका घिमिरेले आफू दोस्रोपटक राजनीतिक हिंसामा परेको पनि खुलाएका छन्। उनी रामचन्द्र पौडेल समूहका उम्मेदवार थिए।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिमिरेले पार्टीको अन्तरिक चुनावमा जित–हार स्वाभाविक भए पनि प्रदेश १ को कांग्रेस चुनावमा राजनीतिक मूल्यमान्यता स्खलन भएको टिप्पणी गरे। भने, ‘मूल्यमान्यता र आदर्श कुल्चिएर निर्वाचनमा सत्ताको दुरुपयोग भयो।’

१६ सय ३४ मत गणना हुँदासम्म आफ्नो अग्रता रहेको तर ११५ मत गन्दा चमत्कारिक रुपमा दुई भोटले हारेको देखाइएको भन्दै उनले पुनः मतगणना गर्नसमेत माग गरेका छन्। त्यसका लागि आफूले प्रदेश निर्वाचन समितिमा निवेदन दिएको तर केन्द्रले आलटाल गरेको उनले गुनासो गरे।

यसअघि पनि प्रतिनिधिसभा निर्वाचनमा आफूलाई टिकट नदिएर पार्टी सभापति शेरबहादुर देउवाले राजनीतिक हिंसा गरेको आरोप उनले लगाए। 

प्रकाशित: Dec 07, 2021| 15:57 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...