बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीले वकिलहरूसँग भने- प्रधानमन्त्री हुँदा प्रतिवादी भएर ५६ हजार सिग्नेचर गरेँ

ओलीले वकिलहरूसँग भने- प्रधानमन्त्री हुँदा प्रतिवादी भएर ५६ हजार सिग्नेचर गरेँ

आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजार हस्ताक्षर गरेको सुनाए।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन्।

आफ्नै निवास बालकोटमा नेपाल बार एसोसिएसनको टोलीसँग छलफल गर्दै एमाले अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजार हस्ताक्षर गरेको सुनाए।  

'हरेक माइन्युट अदालत लिएर जान पर्ने, मुद्दा कस्तो भयो भने म प्रधानमन्त्री हुँदा ५६ हजार सिग्नेचर गरे। फिरादपत्र, प्रतिवादी, लिखित जवाफ दिँदाखेरी अदालतलाई ५६ हजार सिग्नेचर गरे। एउटा प्रधानमन्त्रीले ५६ हजार सिग्नेचर गर्नुपर्छ त्यो देशको समयको बर्बादी होइन ? एउटा कसैलाई लाग्छ, उसले प्रधानमन्त्रीलाई पनि विपक्षी बनाएर मुद्दा हालिदिने ?' उनले कानुन व्यवसायीलाई प्रश्न गरे।

सुर्खेतमा खरदारले बदमासी गर्दा नेपाल सरकारविरुद्ध मुद्दा पर्ने यसमा पनि प्रधानमन्त्री पनि पर्छ भनेर सिग्नेचर गर्नुपर्ने अवस्था रहेको भन्दै ओलीले कानुनी प्रक्रियागत कुरा पनि सच्याउनुपर्ने बताए। अदालत कसैप्रति जवाफदेही हुननपर्ने भन्दै उनले प्रश्न गरे।  

'न मैले कुनै लेनदेन गरेको छु न कसैलाई बनाएको छु। मैले पनि सक्थे होला नि। कानुनले बनाउन पाउने मात्रै बनाएको कुरालाई पनि लगेर अदालतले रोकिदिने ?' उनले आक्रोश पोखे।

उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिए। उनले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक नबन्ने स्पष्ट पारे।

प्रकाशित: Dec 07, 2021| 15:55 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...