बिहीबार, भदौ ४, २०८३

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गरेर आउँदो १२ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरूले आउँदो पुस १० गतेसम्ममा दल दर्ता गरिसक्नुपर्ने जानकारी दिएको छ। 

सार्वजनिक तालिकाअनुसार १७ पुसमा मतदाता नामावली प्रकाशन, नाम सच्याउन र उजुरी गर्न, १८ र १९ पुसमा उजुरी उपर छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।  

यस्तै २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ पुसमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने, २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र १२ माघमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने सार्वजनिक तालिकामा उल्लेख छ। 

प्रकाशित: Dec 07, 2021| 15:35 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...