बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन सुरक्षा व्यवस्था : ८ हजार सुरक्षाकर्मीको पहरेदारी, 'नाइट भिजन'बाट निगरानी

कांग्रेस महाधिवेशन सुरक्षा व्यवस्था : ८ हजार सुरक्षाकर्मीको पहरेदारी, 'नाइट भिजन'बाट निगरानी

एआइजी पालको नेतृत्वमा ६ हजार परिचालन गर्ने प्रहरीको तयारी छ। सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- सत्ताको बागडोर सम्हालिरहेको नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुरक्षाका लागि ८ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। महाधिवेशन सुरक्षाको सम्पूर्ण कमान्ड रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट हुनेछ भने त्यसको नेतृत्व कार्यालय प्रमुख एआइजी हरिबहादुर पालले गर्ने भएका छन्।

triton college

एआइजी पालको नेतृत्वमा ६ हजार परिचालन गर्ने प्रहरीको तयारी छ। सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

‘काडमाडौं जिल्लामा कार्यक्रम भएको हिसाबले यसको सम्पूर्ण सुरक्षा व्यवस्था महानगरीय प्रहरी परिसर टेकुले मिलाउनु पर्ने हो । तर, राजधानीमा यत्ति ठूलो कार्यक्रम हुन लागेकाले महानगरीय प्रहरी कार्यालयले नै यसको व्यस्थापन गर्छ। त्यसको नेतृत्व मैले नै गर्छु,’ एआइजी पालले नेपाल समयसँग भने, ‘आवश्यक तयारी पूरा भइसकेको छ। केही बाँकी तयारी पनि आज/भोलिमै पूरा हुनेछ।’ 

प्रहरीका अनुसार कार्यक्रम हुने क्षेत्र भृकुटीमण्डपमा अहिलेदेखि नै सुरक्षा व्यवस्था कडा बनाउन थालिएको छ। १४औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म हुने तय भएकाले यी तीन दिनमा सुरक्षाकर्मीको संख्या पनि बढ्ने पालको भनाइ छ। महानगरीय प्रहरी कार्यालयका अनुसार महाधिवेशनमा तीन तहको सुरक्षा व्यस्था गरिने छ। सुरक्षाको भित्री तहमा नेपाल प्रहरीका सुरक्षाकर्मी रहनेछन्। मतदान र सभास्थललाई भित्री तह मानिएको छ। 

एआइजी पालको नेतृत्वमा ६ हजार परिचालन गर्ने प्रहरीको तयारी छ। सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

दोस्रो तहमा राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीकै सादा पोसाकका सुरक्षाकर्मी रहनेछन्। मतदान हुने भवन, मतदाता राखिएका होटेल, गेस्टहाउस र त्यस आसपासका क्षेत्रलाई दोस्रो तह मानिएको छ। बाहिरी घेरा अर्थात तेस्रो तहमा भने सशस्त्र प्रहरी रहनेछ। विशेषगरी मतदान तथा सभाहल आसपासका सडक, पेटी, अग्ला भवन, ओभरहेड ब्रिजलगायत क्षेत्रलाई बाहिरी घेरा भनिएको छ। 

corrent noodles
Metro Mart

प्रधानमन्त्री र गृहमन्त्रीको पार्टी नेपाली कांग्रेसको यस महाधिवेशनमा प्रहरीले ‘हाइ टेक’ प्रणालीको पनि प्रयोग गर्ने भएको छ। जसमा नाइट भिजनसहितको सीसीक्यामेरा अत्यधिक प्रयोग हुनेछ। कन्ट्रोल रुम भने रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयमै रहनेछ। जहाँ महाधिवेशन क्षेत्रआसपास हुने हरेक गतिविधिको विश्लेषण हुनेछ। 

‘हामीले महाधिवेशन सुरक्षामा प्रविधिको पनि प्रयोगलाई पनि उत्तिकै प्राथमिकतामा राखेका छौँ। नाइट भिजनसहितको ड्रोन र सीसीक्यामेराबाट हामी महाधिवेशन आसपासका क्षेत्रको प्रत्येक गतिविधिलाई निगरानीमा राख्ने छौँ। कुनै शंकास्पद गतिविधि भए तुरुन्तै पक्राउ गर्नेछौँ,’ महानगरीय प्रहरी कार्यालय प्रमुख एआइजी पालले भने। 

नाइट भिजनसहितको ड्रोन र सीसीक्यामेराबाट हामी महाधिवेशन आसपासका क्षेत्रको प्रत्येक गतिविधिलाई निगरानीमा राख्ने छौँ।

उनका अनुसार आज बेलुकासम्ममा कति प्रहरी कुन क्षेत्रमा खटाउने भन्ने विषय क्लियर हुनेछ। आवश्यक परे थप स्थानमा सिसिक्यामेरा जडान गरिनेछ। महाधिवेशनमा हुनसक्ने अवाञ्छित गतिवधि रोक्न प्रहरीले उपत्यका प्रवेश गर्ने सीमा नाकामा पनि सुरक्षा कडा बनाएको छ। पहिलेको तुलनामा चेकजाँच बढाइएको प्रहरीले जनाएको छ। 

महाधिवेशनको सुरक्षाका लागि १५० जना अवकाश प्राप्त सैनिक कर्मचारी पनि स्वयंसेवकका रूपमा खटिने भएका छन्। स्वयंसेवक व्यवस्थापन समिति संयोजक नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर रानाले भूतपूर्व सैनिक सङ्घको नेतृत्वमा स्वयंसेवक खटिने जानकारी दिए। १५० जना अवकाशप्राप्त सैनिक कर्मचारी स्वयंसेवकका रूपमा महाधिवेशन स्थलमा खटिने छ। 

सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ।

प्रकाशित: Dec 07, 2021| 15:25 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...