काठमाडौं- इंग्लिस प्रिमियर लिग ईपीएलमा आर्सनलले सोमबार राती हार बेहोरेको छ। एभर्टनको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम आर्सनलले २-१ गोलको हार बेहोरेको हो।
पहिलो हाफको अन्तिम मिनेटमा बनाएको अग्रता आर्सनलले नचाउन सकेन। कियरन टियर्नीले उपलब्ध गराएको पासमा मार्टिन ओडेगार्डले गोल गरेका थिए।
तर खेलको ७९ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यस्तै, आन्द्रे गोमेसले इन्ज्युरी समयमा दिएको पासलाई डिमराई ग्रेले गोलमा परिवर्तन गरेपछी एभर्टनले अग्रता आफ्नो हातमा लिएको थियो।
र, २-१ गोलको अग्रताका साथ एभर्टनले खेल जित्यो। यो जितसँगै १८ औं स्थानमा उक्लिएको छ। यता आर्सनल २३ अंकका साथ सातौं स्थानमा कायम छ।