आइतबार, असार २१, २०८३

ईपीएलमा आर्सनल पराजित

एभर्टनको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम आर्सनलले २-१ गोलको हार बेहोरेको हो।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग ईपीएलमा आर्सनलले सोमबार राती हार बेहोरेको छ। एभर्टनको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम आर्सनलले २-१ गोलको हार बेहोरेको हो।

पहिलो हाफको अन्तिम मिनेटमा बनाएको अग्रता  आर्सनलले नचाउन सकेन। कियरन टियर्नीले उपलब्ध गराएको पासमा मार्टिन ओडेगार्डले गोल गरेका थिए।

तर खेलको ७९ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यस्तै, आन्द्रे गोमेसले इन्ज्युरी समयमा दिएको पासलाई डिमराई ग्रेले गोलमा परिवर्तन गरेपछी एभर्टनले अग्रता आफ्नो हातमा लिएको थियो।

र, २-१ गोलको अग्रताका साथ एभर्टनले खेल जित्यो। यो जितसँगै १८ औं स्थानमा उक्लिएको छ। यता आर्सनल २३ अंकका साथ सातौं स्थानमा कायम छ।

प्रकाशित: Dec 07, 2021| 09:00 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।