बिहीबार, भदौ ४, २०८३

मंगलबार पनि छलफल गर्दै संस्थापन इतर, मुख्य एजेन्डा साझा उम्मेदवार

प्रदेशको अधिवेशनको नतिजाबाट निराश बनेको नेपाली कांग्रेसका संस्थापन इतर समूहले मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला बोलाएको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- प्रदेशको अधिवेशनको नतिजाबाट निराश बनेको नेपाली कांग्रेसका संस्थापन इतर समूहले मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला बोलाएको छ। आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार तय गर्नका लागि भेला बोलाइएको हो। 

सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल निवासमा बसेको उक्त समूहका सभापति पदका आकांक्षीहरू शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाको भेलाले पुनः छलफल गर्न मंगलबार चाक्सीबारीमा भेला बोलाएको हो। भेलामा उक्त समूहका प्रभावशाली केन्द्रीय सदस्यहरूलाई बोलाइने भएको छ। 

मंगलबार दिउँसो १ बजेका लागि तय भएको भेलाले साझा उम्मेदवार तय गर्ने विषयमा छलफल गर्ने समझदारी भएको प्रकाशमान सिंहको सचिवालयले जनाएको छ। 

संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिका उम्मेदवार बन्ने घोषणा गरेका छन्। 

रामचन्द्र पौडेल निवास बोहोराटारमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीहरूको भेला बसेको थियो। भेलामा देउवालाई पार्टीको नेतृत्वबाट हटाउनुपर्नेमा सबै एकमत देखिएका थिए। 

'हामी विभाजित भएर महाधिवेशनमा लडे देउवालाई पुनः जित्न सजिलो हुन्छ। त्यसैले देउवालाई पार्टीको नेतृत्वबाट हटाउने भए हामी मिल्नुको विकल्प छैन,'  महामन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'हामी नमिले पार्टी उनैलाई बुझाए हुन्छ।' 

यद्यपि सोमबारको बैठकमा कुनै निष्कर्ष भने निस्किएको छैन। चाक्सीबारी भेलाले साझा उम्मेदवार तय गर्ने बैठकमा सहभागी एक नेताले दाबी गरेका छन्। यसका लागि निरन्तर छलफलमा रहने समेत समझदारी बनेको छ। 

'महाधिवेशनमा साझा उम्मेदवार तय गरेर जानुपर्ने विषयमा छलफल भयो। दुई दिन भित्र साझा उम्मेदवार चयन विषयमा समझदारी बनेको छ,' छलफलमा सहभागी एक नेताले भने, 'हामी आकांक्षीमध्येबाट एक जना मात्र उम्मेदवार तयार गर्छौँ।'

७ मध्ये ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न हुँदा संस्थापन इतर समूहले २ वटा प्रदेशको नेतृत्वमा मात्र विजयी भएको छ। पौडेलको भूगोल मानिने गण्डकी र लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका उम्मेदवारले प्रदेश सभापति जितेका छन्। तर देउवा समूहले तीन वटा प्रदेशमा जित हासिल गरेकाले संस्थापन इतर समूह एक भएर महाधिवेशनमा जानुपर्ने दबाब बढेको छ। प्रदेश २ मा प्रदेश अधिवेशन हुन बाँकी छ।


प्रकाशित: Dec 06, 2021| 20:42 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...