बिहीबार, भदौ ४, २०८३

बोहराटार 'बैठक' : संस्थापन इतरबाट साझा उम्मेदवार तय गर्ने समझदारी

'महाधिवेशनमा साझा उम्मेदवार तय गरेर जानुपर्ने विषयमा छलफल भयो। दुई दिन भित्र साझा उम्मेदवार चयन विषयमा समझदारी बनेको छ,' छलफलमा सहभागी एक नेताले जानकारी दिए, 'हामी आकांक्षीमध्येबाट एक जना मात्र उम्मेदवार तयार गर्छौँ।'
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार तय गर्ने समझदारी बनेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा संस्थापन इतर समूहबाट सभापतिका आकांक्षीहरूको छलफलले यस्तो समझदारी जुटाएको हो। 

'महाधिवेशनमा साझा उम्मेदवार तय गरेर जानुपर्ने विषयमा छलफल भयो। दुई दिन भित्र साझा उम्मेदवार चयन विषयमा समझदारी बनेको छ,' छलफलमा सहभागी एक नेताले जानकारी दिए, 'हामी आकांक्षीमध्येबाट एक जना मात्र उम्मेदवार तयार गर्छौँ।'

भेटमा संस्थापन इतरबाट समाभापतिमा उम्मेदवारी दिने दाबी गर्दै आएका शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी थिए। 

७ मध्ये ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न हुँदा संस्थापन इतर समूहले २ वटा प्रदेशको नेतृत्वमा मात्र विजयी भएको छ। पौडेलको भूगोल मानिने गण्डकी र लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका उम्मेदवारले प्रदेश सभापति जितेका छन्। तर देउवा समूहले तीन वटा प्रदेशमा जित हासिल गरेकाले संस्थापन इतर समूह एक भएर महाधिवेशनमा जानुपर्ने दबाब बढेको छ। प्रदेश २ मा प्रदेश अधिवेशन हुन बाँकी छ।

प्रकाशित: Dec 06, 2021| 20:10 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...