बिहीबार, भदौ ४, २०८३

शेखरले सम्पादकहरूसँग भने– शशांकले मलाई सहयोग गर्नुहुन्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

सोमबार दिउँसो सम्पादकहरुसँगको अन्तरक्रियामा उनले भने, ‘मैले रामचन्द्र पौडेललाई भनिसकें– तपाईं बलियो हुनुहुन्छ भने म छाड्न तयार छु। त्यसका लागि महाधिवेशन प्रतिनिधिहरूसँग को बलियो छ भनेर सोध्नुस्। मेरो उद्देश्य रामचन्द्र पौडेललाई सम्झाउने हो, शशांकले मलाई सहयोग गर्नेमा विश्वस्त छु।’

कोइरालाले आफ्नो उम्मेदवारी कायम रहने अडान व्यक्त गरे। भने, ‘म छाड्ने छैन, ढुक्क हुनुुुस्। चारजना एक ठाउँमा रहने हो भने शेरबहादुर देउवालाई कडा चुनौती मिल्छ। मलाई लाग्छ, देउवा स्वयंले पनि सुरक्षित महसुस गर्नुभएको छैन।’

डा. कोइरालाले युवा र प्रौढ दुवैखाले आकांक्षीको समूह बनाउने आफ्नो योजना पनि सुनाए। ‘म एक पटक मात्र सभापति लड्ने हो। कांग्रेसभित्र मौलाउँदो विकृति र बेथितिविरुद्ध मेरो उम्मेदवारी हो।’ 

यसैबीच, कांग्रेसको संस्थापन इतर समूहले साझा उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा सभापतिका चारजना आकांक्षी पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला बसेका हुन्।

आज नै सभापति शेरबहादुर देउवाले पनि पत्रकारहरुलाई बालुवाटार बोलाएका थिए। कांग्रेस सभापतिमा फेरि चुनिए आफूले अझ राम्रो काम गर्ने उनले बताए। पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको उनले प्रस्ट पारे। भने, ‘पार्टीको विधानबमोजिम नै एक पटक सभापति बन्न चाहेको छु। यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु। व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। फेरि सभापति भएँ भने अझै राम्रो गर्न सक्छु। एकपटक मलाई सहयोग गरिदिनुस्।’

सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले हरसम्भव प्रयास गरेको बताए। ‘मेरो पहिलो कार्यकालमा सबैलाई मिलाएर लैजान प्रयास गरेको हुँ। पार्टीमा सुधारको प्रयास पनि गरेँ। त्यो प्रयासलाई सफल बनाउन फेरि एकपटक सभापति बन्छु,’ देउवाले भने। उनले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले आफूले पनि पत्रकारहरूको सद्भावको अपेक्षा गरेको बताए।

प्रकाशित: Dec 06, 2021| 18:16 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...