काठमाडौं– नेपाली कांग्रेसको आशन्न १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका नेता प्रकाशमान सिंहले महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय स्थापना गरेका छन्।
सिंहले सिंहदरबार मूलगेट अगाडि यलम्बर पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका हुन्। सिंहका सहयोगी यूपी लामिछानेका अनुसार सिंहले भोलि मंगलबारदेखि नेता–कार्यकर्ता भेटघाट सम्पर्क कार्यालयबाटै गर्नेछन्।