बिहीबार, भदौ ४, २०८३

प्रस्तावित राजदूतहरू संसदीय समितिबाट अनुमोदन

प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा. शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो। 

सोमबार समितिको बैठकले नाम अनुमोदन गरेको हो। सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि विभिन्न प्रश्न गरेका थिए। संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ। 

प्रकाशित: Dec 06, 2021| 17:29 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...