बिहीबार, भदौ ४, २०८३

'नेपाल–भारत सीमा समस्यामा पश्चिमा मुलुकको चासो'

सिंहदरबारमा सोमबार भएको संसदीय सुनुवाइका क्रममा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन्। सिंहदरबारमा सोमबार भएको संसदीय सुनुवाइका क्रममा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन्। 

सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत शर्माले प्रदेशस्तरमा सम्बन्ध कायम गर्न पहल गर्नेसमेत बताएका छन्। उनले भने, 'पहिला पर्यटकीय क्षेत्रमा लाने, हिन्दु र बुद्विजम जोड्न सकिन्छ। ठाउँ देखाएर लगानीका लागि उत्प्रेरित गर्नेछु। यथार्थ कुरा प्रस्तुत गर्ने कुरामा विश्वास जगाउँछु। मेरो अनुभवले पनि मद्दत गर्छ। अनेस्टी, ट्रस्टले क्रेडिबिलिटी बढाउँछ। केही फरक कुरा गर्न कोसिस गर्छु। पुरानो अनुभवले पनि सफल हुन्छु भन्ने लाग्छ।'

संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले मुलुकमा आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि विश्वास ठूलो कुरा भएको बताएका छन्।

उनले थपे, 'रणनीतिक रूपमा डायस्पोरा कम्युनिटीको साथमा रणनीतिक रूपमा अघि बढ्नुपर्छ। भारतमा भएका अवसरलाई नेपालको हितमा प्रयोग गर्न पहल गर्नेछु।  पहिलो शिष्टाचार भेट र सम्बन्ध नै हो। भारतमा विभिन्‍न देशका १३६ राजदूतावास  छन्। यसमा नेपालले कसरी प्रभावित पार्ने भन्ने महत्वपुर्ण कुरा हो। नेपाललाई प्रभाव पार्ने सामाजिक सांस्कृतिक आर्थिक नीतिहरू परिमार्जनका लागि पहल गर्ने काम गर्छु। भारतमा सामाजिक र सांस्कृतिक कुटनीतिलाई महत्व दिनुपर्ने आवश्यकता छ।' 

आर्थिक क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइनको व्यापार,। गैर भन्सारको कुरा, बन्दरगाहमा दिनुपर्ने सुविधालगायतका विषयमा आफ्नो पहल रहनेसमेत बताएका छन्। उनले थपे, 'रासायनिक मलको कुरा पनि छ। लगानीसम्बन्धी ऐन कानुनबारे जानकारी गराउनुपर्ने अवस्था  छ। सफलताका कुराहरू पनि देखाउनुपर्नेछ। सजिलो हुन्छ।' 

भारतमा आप्रवासी धेरै छन्। तिनलाई नेपाल ल्याएर रोजगारी दिने कार्यमा काम गर्नेछु। धार्मिक पर्यटन विकास, पर्यटन प्रवर्द्धनमा काम गर्छु। सीमा समस्या छ। ईपीजी छ। सीमा समस्यामा भारतमात्र होइन पश्चिमाको पनि चासो छ। हुलाकी सडकलाई पनि अगाडि बढाउन पहल गर्छु। 

नेकपा एमाले सांसद् सुरेन्द्र पाण्डेले राजदूत शर्मा भारतभन्दा बेलायत गएको भए राम्रो हुने राय व्यक्त गरेका थिए। उनले प्रश्‍न गरेका थिए, 'राजनीतिक सम्बन्धमा चल्ने भारतमा कसरी भूमिका निर्वाह गर्नुहुन्छ? यत्रो अनुभव भएको मान्छे राजनीतिक सम्बन्ध सर्वपरी रहेको भारतमा कसरी काम गर्नुहुन्छ?'

नेकपा माओवादी केन्द्रका सांसद् देव गुरुङले संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार भारतसँग कसरी समान प्रकारको हैसियत र सम्बन्ध स्थापित गर्ने भन्दै शर्माले प्रश्‍न गरेका थिए। उनले थपे, 'खुला सीमा, सीमा विवादको प्रश्न, कालापानी लिपुलेक, लिम्पियाधुरा लगायत विभिन्न ठाउँमा सीमा अतिक्रमण छ? यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ ? सन् १९५० को सन्धी समयसापेक्ष अपडेट गर्नुपर्ने कुराहरू छन्, यसमा कसरी पहल गर्नुहुन्छ?' 

उनले राजदूत शर्मालाई पञ्चशीलको सिद्वान्त र मान्यता अनुसार अघि बढ्न पनि सुझाएका छन्। उनले भने, 'सन्तुलित ढंगले कुटनीतिक भूमिका निभाउन चुनौती छ। भारत र पाकिस्ताको विवादले अघि बढ्न सकेको छैन। कसरी सहकार्य गर्ने, अगाडि बढ्ने भन्ने कुरा नै हो। चुनौती छ। चुनौतीलाई मनन गर्नुहोला।'




प्रकाशित: Dec 06, 2021| 16:03 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...