बिहीबार, भदौ ४, २०८३

राप्रपा अध्यक्ष लिङ्देनले गरे पदभार ग्रहण

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन्। 

पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित लिङ्देनले सोमबार पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। 

आइतबार बिहान परिणाम आएसँगै दिउँसो निर्वाचन समितिका संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिएका लिङ्देनले सोमबार पदभार ग्रहण गरेका हुन्। 

शपथ ग्रहण कार्यक्रममा उनले निवर्तमान अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अभिभावकको रूपमा मात्र नभएर सक्रिय राजनीति राप्रपालाई आवश्यक पर्ने बताएका थिए। 

लिङ्देनको विजयीमा पूर्वराजा ज्ञानेन्द्र शाहको षड्यन्त्र रहेको सार्वजनिक रूपमा प्रतिक्रिया दिएका थापा आयोजित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन्। 

प्रकाशित: Dec 06, 2021| 13:58 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...