आइतबार, चैत ३, २०८१

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगित गरिएको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगित गरिएको छ। 

health

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसम्मत रुपमा तत्कालका लागि निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए। उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकोले निर्वाचन गराउनु सम्भव नरहेको बताए।

उनले भने ‘प्रदेशको ८ वटा क्षेत्रको अधिवेशन भएको छैन। विवाह पञ्चमी महोत्सव पनि चलिरहेको छ। यस्तो अवस्थामा निर्वाचन गराउनु काबु बाहिर छ।’ 

प्रदेश २ मा सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको १–१ वटाको अधिवेशन हुन सकेको छैन।

कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत सातै प्रदेशमा १६ मंसिरमा अधिवेशन उद्घाटन गर्ने तय गरेको थियो। अन्य ६ प्रदेशमा निर्वाचन भएर नयाँ नेतृत्व चयन भइसकेको छ। प्रदेश २ मा भने विवाद मिलाउन अधिवेशन सारिँदै आएको थियो। विवाद नसुल्झिएपछि अनिश्चितकालका लागि स्थगन गरिएको हो।

केही ठाउँमा अधिवेशनका क्रममा झडप पनि भएको थियो। झडपका क्रममा गोली समेत चलेको थियो। महोत्तरीका मतदान अधिकृतले आफूलाई अपहरण गरिएको भन्दै राजीनामा समेत दिएका थिए।

प्रकाशित: Dec 06, 2021| 11:42 सोमबार, मंसिर २०, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।