मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनी : संस्थापन इतरका पुनले बढाए मतान्तर, शाह ११७ मतले पछि

शाहले भने १७८ मत ल्याएका छन्। संस्थापन (पार्टी सभापती शेरबहादुर देउवा) पक्षबाट उम्मेदवार बनेका शाह गृहमन्त्री बालकृष्ण खाँणको योजनामा सभापतीमा उठेका थिए। तर, प्रारम्भिक मतगणनाले भने संस्थापन पक्षलाई धक्का लाग्‍ने संकेत गरेको छ।
 |  आइतबार, मंसिर १९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगरले मतान्तर बढाउँदै अग्रता लिइरहेका छन्। संस्थापन समूहका सार्वजनिक लेखा समितिका सभापति रहेका रुपन्देहीका भरत कुमार शाहलाई ११७ को मतान्तरले पुनले अग्रता लिएका हुन्। 

triton college

निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार पुनले ४ सय ७८ मत गणना हुँदा २ सय ९५ मत ल्याएका छन्। शाहले भने १७८ मत ल्याएका छन्। संस्थापन (पार्टी सभापती शेरबहादुर देउवा) पक्षबाट उम्मेदवार बनेका शाह गृहमन्त्री बालकृष्ण खाँणको योजनामा सभापतीमा उठेका थिए। तर, प्रारम्भिक मतगणनाले भने संस्थापन पक्षलाई धक्का लाग्‍ने संकेत गरेको छ। 

पुन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका हुन्। रोल्पा कांग्रेसका निवर्तमान सभापति रहेका पुनले जिल्ला-जिल्ला पुगेर प्रचार गरेका थिए। १२ जिल्ला रहेको लुम्बिनीमा नौ जिल्लामा पौडेल समूहका सभापति विजयी भएका थिए भने दुई जिल्लामा मात्रै संस्थापन देउवा समूहका सभापति छन्। बाँकेमा भने निर्वाचन हुन बाँकी छ।  

निर्वाचन समितिका प्रमुख डा. बुद्धबहादुर थापाका अनुसार ४७८ मतगणना हुँदा उपभापतिमा पनि संस्थापन इतर (पौडेल) पक्षका भुवन श्रेष्ठ र अष्टभूजा पाठकले अग्रता लिएका छन्। श्रेष्ठले २८३  र पाठकले २७६ मत ल्याएका छन्। त्यस्तै संस्थापनका राजु खनालले १९३  र सुधाकर पाण्डेयले १४९ मत ल्याएको निर्वाचन समितिका सदस्य जीवनारायण अधिकारीले बताए। 

दुई समूह प्यानल बनाएर चुनावी मैदानमा ओर्लेका हुन्। सबै पदमा संस्थापन इतरले अग्रता लिएको छ। संस्थापनमा गृहमन्त्री खाण सहित पूर्वराज्यमन्त्री देवेन्द्रराज कंडेल, केन्द्रीय सदस्य पुष्पा भुसाल, मान बहादुर विश्वकर्माले समर्थन गरेका छन्।  त्यस्तै पुनलाई कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, दीपक गिरीलगायतका नेताहरुको समर्थन छ। यो पटक नेपाली कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा भए पनि एकले अर्कोलाई निषेध गरेर प्रचार गरेका थिए।

Metro Mart
vianet

प्रकाशित: Dec 05, 2021| 18:09 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।