विराटनगर- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश सभापतिमा संस्थापन इतर समूहका गुरुराज घिमिरेले अग्रता लिएका छन्।
प्रारम्भिक चरणको मत गणनामा घिमिरेले १०८ मत ल्याएका छन्। २ सय मतगणना हुँदा सभापतिका प्रत्यासी संस्थापन समूहका उद्धव थापाले ८३ मत प्राप्त भएको बताइएको छ।
प्रदेश पदाधिकारीको अहिले मतगणना जारी छ। शनिबार भएको मतदानमा १८०४ मतदाता रहेकोमा १७५२ मत खसेको निर्वाचन समितिले जनाएको छ।