शुक्रबार, कात्तिक २८, २०८२

नारायण गोपालको ३१औं स्मृतिमा विभिन्न कार्यक्रम गरिँदै

स्वरसम्राट नारायण गोपालको ३१औं पुण्यस्मृतिका अवसरमा विभिन्न सांगीतिक कार्यक्रम गरिँदैछ। आइतबार साँझ तीन बजे राष्ट्रिय नाचघरमा ३१औं पुन्यस्मृतिमा ‘सम्मान एवं सांगीतिक समारोह’ गरिने भएको हो।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- स्वरसम्राट नारायण गोपालको ३१औं पुण्यस्मृतिका अवसरमा विभिन्न सांगीतिक कार्यक्रम गरिँदैछ। आइतबार साँझ तीन बजे राष्ट्रिय नाचघरमा ३१औं पुन्यस्मृतिमा ‘सम्मान एवं सांगीतिक समारोह’ गरिने भएको हो।

National life

नारायण गोपाल संगीत कोषको आयोजनामा हुने कार्यक्रममा नयाँ पुस्ताका गायक-गायिकाले नारायण गोपालका गीत गाउनेछन्। 

ने.सं. ११४२ थिंलाथ्य पारु (मंसिर १९ गते) आइतबार कीर्तिपुर वडा नम्बर १ थांबहाल टोलमा ‘३१औं नारायणगोपाल स्मृति साँझ कार्यक्रम’ गरिँदैछ। त्यसैगरी एभरेष्ट एफएम ९३ मेगाहर्जले ‘समर्पण स्वरसम्राट’ नाम दिएर नारायण गोपालको ३१औं स्मृति दिवस मनाउँदैछ। चितवनको नारायणी कलामन्दिरको आयोजनामा ‘ग्लोबल नारायणगोपाल स्मृति साँझ २०७८’ कार्यक्रम गर्दैछ। 

नेपाली आधुनिक सुगम संगीतको दुर्लभ सम्पत्तिका रूपमा मानिने नारायण गोपाललाई आजका पुस्ताले अनेक उपमा दिएका छन्। नेपाली गीत संगीतका मियो हुन्, नारायण गोपाल आधुनिक संगीतका शिखर पुरुष हुन्, नारायण गोपाल व्यक्ति नभई पुरै संगीत महाविश्वविद्यालय हुन् , कर्णप्रिय गीतका सर्जक, सदाबहादर गीतका गायकलगायत उपमाले उनलाई चिनिन्छ

नारायण गोपालका ‘एउटा मान्छेको मायाले फरक पर्दछ जिन्दगीमा...।’, ‘म त लाली गुराँस भएछु’, ‘यो सम्झिने मन छ...’, ‘पर्खी बसे आउँछेउ भनी....’ ‘दुइटा फूल देउरालीमा...’ ‘आँखा छोपी नरौं भनी’ कयौं गीत चर्चित छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 05, 2021| 12:47 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्