आइतबार, चैत ३, २०८१

कांग्रेस प्रदेश २ को अधिवेशन महाधिवेशनपछि सर्नसक्ने

मतदाता नामावली प्राप्त हुन नसकेपछि नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन नै स्थगित हुने सम्भावना बढेको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

जनकपुरधाम– मतदाता नामावली प्राप्त हुन नसकेपछि नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन नै स्थगित हुने सम्भावना बढेको छ। प्रदेश अधिवेशन उद्घाटन भएको ४ दिनपछि पनि मतदाता नामावली आठ वटै जिल्लाको आउन नसकेपछि निर्वाचन प्रक्रिया सुरु पनि सकेको छैन। प्रदेश २ का केही जिल्लामा विवाद कायमै छ।

health

प्रदेशका २ का ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन्, जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन नसकेको निर्वाचन समितिले जनाएको छ। सर्लाही जिल्लाका कैयौं वडामा समेत अधिवेशन भएको छैन। जिल्लाको निर्वाचन समितिहरुबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली अझै पनि प्राप्त हुन नसकेका कारण पूर्व घोषित निर्वाचन तालिका अनुसार प्रक्रिया अगाडि बढाउन नसकिएको प्रदेश २ का संयोजक रमेश रिजालले जानकारी दिए ।

‘निर्वाचन तालिका अनुसार मंसिर १८ गते निर्वाचन गर्नुपर्ने थियो तर हुन सकेन,’ रिजालले भने, ‘मतदाता नामावली ३ जिल्लाबाट आउन सकेको छैन, सम्भावना पनि न्यून नै लागिरहेको छ। आज १ बजेसम्म मतदाता नामावली केन्द्रबाट पठाउने भनिएको छ। नामावली आयो भने निर्वाचन प्रक्रिया अगाडि बढाउने प्रयास गर्छौं, नआए छलफल गरेर के गर्ने विषयमा निर्णय गर्ने छौं।’  

मतदाताको नामावली आउन नसकेकै कारण मनोनयनपत्र दर्ता गर्ने कार्य स्थगित गर्नुपरेको प्रदेश २ का रजिष्ट्रेशन संयोजक विशेश्वर यादवले जानकारी दिए। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनौट सम्पन्न भए पनि नामावली प्राप्त हुन नसकेको यादवले जनाए। आज निर्वाचन प्रक्रिया अगाडि बढ्न नसके महाधिवेशन पछि नै प्रदेश २ को अधिवेशन गर्ने तयारी समेत गरिएको छ।


प्रकाशित: Dec 05, 2021| 11:16 आइतबार, मंसिर १९, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।