शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रियसभा निर्वाचनबाट केपी ओलीको पत्तासाफ सुरु हुन्छ : माधव नेपाल

राष्ट्रियसभा निर्वाचनबाट केपी ओलीको पत्तासाफ सुरु हुन्छ : माधव नेपाल

उनले ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने सहमति भइसकेको बताउँदै राष्ट्रियसभाको निर्वाचनबाट विजयी यात्रा सुरु हुने दाबी गरेका हुन्।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

बुटवल- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आउने राष्ट्रियसभाको निर्वाचनबाट केपी ओलीको पत्तासाफको यात्रा सुरु हुने दाबी गरेका छन्।

National life insurance

उनले ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने सहमति भइसकेको बताउँदै राष्ट्रियसभाको निर्वाचनबाट विजयी यात्रा सुरु हुने दाबी गरेका हुन्।

नेकपा एकीकृत समाजवादी अर्घाखाँचीको कार्यकर्ता भेला एवं प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विजयीयात्रा माघ-फागुनमा हुने राष्ट्रियसभाको निर्वाचनबाट सुरु हुने बताउँदै यो गठबन्धन स्थानीय, प्रदेश र संघीय निर्वाचनसम्म जाने बताए। ‘संविधान जोगाउने शक्तिहरुको सरकार छ, कांग्रेस, माओवादी, एकिकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँगै छौं,’ अध्यक्ष नेपालले भने । 

उनले केही समयअघि राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापासँग कलम चिह्नका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउँदै कलम चिह्नको विजयी यात्रा सुरु भइसकेको बताए । 

उनले दुई-दुई पटक संसदको विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरु उनको पार्टीको विपक्षमा रहेको बताए। उनले गठबन्धन हुने भएपछि आगामी निर्वाचनपछि केपी ओलीको पार्टीलाई लाइट बालेर खोज्‍नुपर्ने अवस्था आउन सक्ने बताए। 

worldlink

‘जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन,’ उनले भने। उनले संविधान बचाउने गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन्। 

पार्टी विस्तारै मजबुत हुँदै गएको दाबी गर्दै उनले नेता, कार्यकर्तालाई आफ्नो तह र जिम्मेवारीलाई अवलम्बन गर्न निर्देशन दिए। मूलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधान मिच्ने काम भएको भन्दै उनले निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि विद्रोह गर्न बाध्य भएको बताएका छन्।


प्रकाशित: Dec 04, 2021| 06:02. 08 शनिबार, मंसिर १८, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।