बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आफूखुसी प्रमाणपत्र लिएको महोत्तरी ३का मतदान अधिकृतले दिए राजीनामा

आफूखुसी प्रमाणपत्र लिएको महोत्तरी ३का मतदान अधिकृतले दिए राजीनामा

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिक तरिकाले प्रमाणपत्र लिएको र आफूलाई यस विषयमा जानकारी नरहेको भन्दै मतदान अधिकृत मण्डलले राजीनामा दिएका हुन्।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

जनकपुरधाम- नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का मतदान अधिकृतले राजीनामा दिएका छन्। क्षेत्रीय अधिवेशन गराउने जिम्मा पाएका मतदान अधिकृत धीरेन्द्र मण्डलले राजीनामा दिएका हुन्। 

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिक तरिकाले प्रमाणपत्र लिएको र आफूलाई यस विषयमा जानकारी नरहेको भन्दै मतदान अधिकृत मण्डलले राजीनामा दिएका हुन्।

गत मंसिर १५ गते सहमतिको आधारमा क्षेत्रीय अधिवेशन गर्ने भनेर महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनको बन्दसत्र स्थगित गरिएको थियो। बन्दसत्रको क्रममा होहल्ला भएपछि स्थगित गर्नु परेको मतदान अधिकृत मण्डलले जनाएका छन्। 

उनले विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ एक समूहले जनकपुरधाम वडा नम्बर ८ स्थित घरबाट आफूलाई अपहरण गरेर आफूखुसी अवैध तरिकाले प्रमाणपत्र लिएको भन्दै प्रमाणपत्र रद्द गर्नुपर्ने माग गरेका छन् । 'मलाई अपहरण गरेर आफू खुसी प्रमाणपत्र लगेका छन्। त्यसैले मैले पदमा बसिरहन उपयुक्त ठानिन। र, राजीनामा दिए,' उनले भने।

महोत्तरीका बाँकी ३ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । क्षेत्र नम्बर–१ मा महेश झा, क्षेत्र नम्बर–२ मा राजकरण साह र क्षेत्र नम्बर–४ मा उत्तिम यादव सर्वसम्मत सभापतिमा चयन भइसकेका छन् ।

यसअघि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को अधिवेशनको क्रममा गत बुधबार झडपसमेत भएको थियो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको थियो।

महोत्तरी–३ बाट मनोज झा, राघवेन्द्र झा र रामु यादव सभापतिका आकांक्षी छन्। मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट मानिन्छन् भने राघवेन्द्र रामचन्द्र पौडेल निकट हुन्।

प्रकाशित: Dec 04, 2021| 13:55 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...