मंगलबार, असोज ९, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा मनाङका दुईसहित सात जना निर्विरोध

कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा मनाङका दुईसहित सात जना निर्विरोध

नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन्।
 |  शनिबार, मंसिर १८, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

लमजुङ- नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन्।

sagarmatha cement

प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका हुन्।  कांग्रेस विधान अनुसार प्रदेश कार्यसमितिका लागि एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाबाट अनिवार्य एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ।

सोही अनुसार मनाङबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा निर्विरोध निर्वाचित भएका हुन्। मनाङसहित प्रदेश कार्यसमिति सदस्यमा उम्मेदारी दिएका मुस्ताङ तनहुँ र पर्वतका गरी सात जना निर्विरोध निर्वाचित भएका हुन्।

मुस्ताङबाट भुगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट निर्विरोध निर्वाचित भएका हुन्। यसैगरी भुगोल तर्फकै प्रदेश कार्यसमितिमा उम्मेदारी दिएका तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य पनि निर्विरोध निर्वाचित भएका हुन्।

भुगोल महिला तर्फबाट उम्मेदारी दिएकी पर्वतकी मिनाकुमारी केसी पनि निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस गण्डकी निर्वाचन समितिले जनाएको छ। निर्विरोध निर्वाचित बाहेक अन्य उम्मेदारका लागि शनिबार मतदान हुँदैछ।  -न्युज कारखाना

प्रकाशित: Dec 04, 2021| 11:35 शनिबार, मंसिर १८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाडौं उपत्यकाका डाक्टर सहभागी छन्।
उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले राष्ट्रिय सभागृह अगाडि उभिएर महानगरको कार्यशैलीको विरोध गरिरहेका ईःअभियन्तालाई भेटेकी हुन्।
'जनतालाई कसरी मुख देखाउनु'

'जनतालाई कसरी मुख देखाउनु'

संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ।