आइतबार, चैत ३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • नेपाली कांग्रेस रौतहट विवाद : निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नै दिइएन

नेपाली कांग्रेस रौतहट विवाद : निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नै दिइएन

नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि कसरत चलिरहेको समयमा प्रदेशका कयौं जिल्लाहरूमा क्षेत्रीय अधिवेशनलाई लिएर विवाद कायमै रहेको छ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि कसरत चलिरहेको समयमा प्रदेशका कयौं जिल्लाहरूमा क्षेत्रीय अधिवेशनलाई लिएर विवाद कायमै रहेको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा क्षेत्रीय अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नदिइएको विवाद भएको छ।

health

निर्वाचित प्रतिनिधिहरूले प्रमाणपत्र नपाएपछि रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा विवाद देखिएको हो। यता रौतहट क्षेत्र नम्बर ४ को अधिवेशनलाई लिएर उजुरी परेको र सो उजुरीमाथिको सुनवाइ समाप्त भएपछि मात्रै निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र दिइने रौतहटका निर्वाचन अधिकृत दीपकराज रेग्मीले जानकारी दिए। 

उनका अनुसार रौतहट ४ को क्षेत्रीय सभापतिका प्रत्याशी प्रेमशंकर यादवले निर्वाचन बदर गरी पाउँ भनी दिएको उजुरीका कारण निर्वाचित प्रतिनिधिलाई अहिलेसम्म प्रमाणपत्र दिन नसकिएको हो। 

उनले उजुरी परेपछि मतदान अधिकृतलाई सत्य तथ्य बुझेर प्रतिवेदन बुझाउन भनेको र प्रतिवेदन आए लगत्तै समस्या समाधान हुने बताए। आजै यो विवाद साम्य हुने निर्वाचन अधिकृत रेग्मीको भनाई छ। 

यता नेपाली कांग्रेस रौतहटका सभापति एवं कांग्रेस प्रदेश २ को सभापति पदका उम्मेदवार कृष्णा यादवले निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नदिएर निर्वाचन अधिकृतले बदमासी गरिरहेको आरोप लगाए। उनले यो विवाद समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए। 

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिका लागि भएको मतदानमा २ सय ५७ मत ल्याएर रामसिनेही यादव सभापतिमा निर्वाचित भएका छन् भने प्रेमशंकर यादवले २ सय ३७ मत ल्याएका थिए। 

निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन बदर गरी पाउँ भनी प्रत्याशी उम्मेदवार प्रेमशंकर यादवले निर्वाचन अधिकृत समक्ष उजुरी दिएका थिए।

प्रकाशित: Dec 04, 2021| 10:50 शनिबार, मंसिर १८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।