शनिबार, असार २१, २०८२

एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन्।
 |  शुक्रबार, मंसिर १७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

vianetvianet

महोत्तरी- नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन्।

माओवादी केन्द्र महोत्तरीको बर्दिबासमा प्रथम नगरसम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागी केपी सर्मा ओलीले प्रतिगमन र विसर्जनवादलाई आगालेको पनि आरोप लगाए।

समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न  सकिने र यसको लागी कम्युनिस्टहरूले  सत्ताको नेतृत्व गर्नुपर्ने उनको जिकिर छ।

क्रान्तिकारी पक्षधरहरूसँग नै कम्युनिस्टहरूले सहकार्य र कार्यगत एकता गर्नुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले वैचारिक, कार्यगत र रणनीतिसहितको मोर्चा बन्दी गर्दै पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए।

माओवादी केन्द्र कहिल्यै पद र सत्ताको लोभ नगर्ने र जनमुखी कार्यहरूमा सहकार्य गर्दै आएको पनि उनको भनाइ थियो।

नेता श्रेष्ठले पद भन्दा पनि विचारमाथि हुनुपर्ने बताए। उनले भने, 'केपी सर्मा ओलीले प्रधानमन्त्री बन्नकै लागि एकता गरे अनि सहमतिलाई पनि तोडे।'

समाजवादी क्रान्तिलाई स्थापित गराउन कम्युनिस्टहरूको लागी अपूर्व अवसर आएको र त्यसलाई वैचारिक कार्यदिशामा मतभेद र सत्तालुप्साकै कारण सुरक्षित गर्न नसकिएको पनि नेता श्रेष्ठले दाबी गरे।

प्रकाशित: Dec 03, 2021| 19:35 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...