बिहीबार, भदौ ४, २०८३

शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : ओली

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिक्षा डाक्टर लेख्नका लागि मात्र नभई शिक्षित हुनका लागि भएकाले व्यवहारिक ज्ञानमा आधारित हुनुपर्ने बताएका छन्। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए। 

‘शिक्षक प्रशंसनीय पेसा हो। शिक्षा शिक्षित हुनका लागि हो। शिक्षा डाक्टर लेख्नका लागि होइन। शिक्षकको अभद्र व्यवहारले पनि विद्यार्थीले विद्यालय छाड्ने गरेका छन्। विद्यार्थीलाई नैतिक, व्यवहारिक शिक्षा दिन आवश्यक छ,’  उनले भने। कसैमाथि भएको ज्यादतिबारे बोल्न सक्ने गरी शिक्षा दिन आवश्यक रहेको अध्ययन, ज्ञान, सिपले मात्र मान्छे मानिस जस्तो हुने उनको भनाइ छ।

अध्यक्ष ओलीले शिक्षा सबै विद्याका जनशक्ति उत्पादन गर्ने राज्यको ध्यान जानुपर्ने भन्दै शिक्षा देशका लागि आवश्यक जनशक्ती उत्पादनमा सक्षम हुनुपर्ने बताए। ‘स्कूल जान्छु भन्ने राम्रो स्कूल जान्न भन्ने नराम्रो भनेर बालबालिकालाई 'मोटिभेट' गर्न सकिन्छ,’ उनले भने। 

शिक्षकले पढाउने काम छोडेर राजनीति गर्ने गरेको भन्दै अध्यक्ष ओलीले भने,‘शिक्षकलाई चुनावमा खटाइन्छ तर, चुनाव प्रचारका काम गर्न नदिने व्यवस्था छ। शिक्षकले पढाउने काम नै छोडेर राजनीति गर्नु हुँदैन।’

शिक्षकका जायज माग पूरा गर्न नेकपा एमाले तयार रहेको उनको भनाइ थियो। 

प्रकाशित: Dec 03, 2021| 18:14 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...