शुक्रबार, वैशाख २६, २०८२

राप्रपाको आठ सदस्यीय पदाधिकारीमा १६ जनाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयन गर्न ८ सदस्यीय पदाधिकारीमा १६ जनाको उम्मेदवारी परेको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयन गर्न ८ सदस्यीय पदाधिकारीमा १६ जनाको उम्मेदवारी परेको छ। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी दिएका छन्। एक महिलासहित चार उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष्मा उम्मेदवारी दिनेमा जगतप्रसाद गौचन, रामचन्द्र राय यादव, लीलादेवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, वुद्धिमान तामाङ र गंगादेवी श्रेष्ठ छन्।

यस्तै एक महिलासहित तीन महामन्त्री पदका लागि रेखा थापा, धवलशमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवन पाठक, भास्कर भद्रा र कुन्तीकुमारी शाही गरी ६ जनाले उम्मेदवारी दिएको राप्रपाले जनाएको छ। १४१ केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिले आज अपराह्न ४ बजेसम्म दाबी, विरोध तथा नाम फिर्ता लिन समय दिइएको छ। त्यसपछि अन्तिम नामावली सार्वजनिक गरिने समितिका सदस्य राजु बस्नेतले जानकारी दिए। राप्रपा महाधिवेशनमा ४३८० प्रतिनिधि सहभागी छन्।

प्रकाशित: Dec 03, 2021| 15:51 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...