बिहीबार, भदौ ४, २०८३

विधान परिमार्जन गर्न कार्यदल गठन गर्ने माओवादीको निर्णय

शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन्।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ। शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन्। 

उनका अनुसार पाँच सदस्यीय सो कार्यदलमा जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल र लिलामणी पोखरेल सदस्य छन्। २५ मंसिरसम्ममा विधान मस्यौदा प्रस्ताव गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। 

बैठकले १०–१३ पुसमा हुने राष्ट्रिय भेला व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केन्द्रीय प्रतिनिधिको संख्या थप्न प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधि बनाएको प्रवक्ता महराले जानकारी दिए। 

 

प्रकाशित: Dec 03, 2021| 14:24 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...