बिहीबार, भदौ ४, २०८३

माओवादीले बनायो विधान संशोधन उपसमिति

नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ। स्थायी कमिटीको शुक्रबार बसेको बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

विधान संशोधन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव छन्।उक्त उपसमितिलाई मंसिर २५ गतेसम्म विधान संशोधन मस्यौदा तयार पार्न समयसीमा दिइएको महराले बताए। 

यस्तै पार्टीले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको छ। बैठकले राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन  गर्न विभिन्न  उपसमिति पनि बनाएको छ। हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय भएको हो। बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय पनि गरेको छ। 

प्रवक्ता महराले लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्नको लागि स्थायी कमिटीले अनुमति दिएको बताए। उनले राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपांगको हकहित सुरक्षित गर्ने निर्णय गरिएको पनि बताए। बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुने गरी कार्यविधि बनाएको छ। यस्तै केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ। 



प्रकाशित: Dec 03, 2021| 12:01 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...