मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : कक्षा १२ को नतिजा सार्वजनिक, राप्रपाको महाधिवेशनमा के गर्दैछन् नेताहरू?

बिहानी समाचार : कक्षा १२ को नतिजा सार्वजनिक, राप्रपाको महाधिवेशनमा के गर्दैछन् नेताहरू?

कांग्रेस प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु, एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय बन्द
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ। शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। केहीबेरपछि सिस्टममा अपलोड हुने र हेर्न मिल्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

नतिजा केही बेरपछि https://neb.ntc.net.np/मा हेर्न सकिनेछ। त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ।

ए ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ। बी प्लस ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ। करिब एक लाख विद्यार्थीले बी ग्रेड ल्याएका छन् भने सी र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन्। साथै दस हजार हाराहारी विद्यार्थीले ई ग्रेड पनि ल्याएका छन्। भदौ ३० देखि असोज ८ गतेसम्म भएको परीक्षामा तीन लाख ८५ हजार विद्यार्थी सहभागी थिए। 

राप्रपा पार्टीको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ। मतदाताको विवाद टुंग्याएको राप्रपाले शुक्रबार मतदाता नामावलीमाथि दाबी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ। निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएको छ।

मनोनयनको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने उनले बताए। महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन्।आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन्। उपाध्यक्षका उम्मेदवार विक्रम पाण्डेको नाम दुबै प्यानलमा छ।

ओलीको पदबहाली १ बजे 

एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित भएका केपी शर्मा ओली शुक्रबार पदबहाली गर्दैछन्।

उनले दिउँसो १ बजे केन्द्रीय कार्यालय थापाथलीमा पदबहाली गर्ने कार्यक्रम रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। ओली चितवनमा हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचनमा ओली र अर्का नेता भीम रावलबीच प्रतिस्पर्धा भएको थियो। नवौं महाधिवेशनमा पनि अध्यक्षमा निर्वाचित भएका ओलीले दोस्रो कार्यकालका लागि पदबहाली गर्न लागेका हुन्।

कांग्रेस प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु

नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्तालगायतका प्रक्रिया आज सुरु हुने भएका छन्। 

प्रदेश १ बाहेक ६ वटै प्रदेशमा हिजो एकैसाथ सुरु भएको प्रदेश अधिवेशनमा आज नेतृत्व चयनको प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। जसअनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ता, मनोनयनमाथि दाबी विरोध, जाँचबुझ, यसमाथि निर्णय, उम्मेदवारको नामावली प्रकाशन लगायतको कार्यसूची छ। 

निर्वाचन समितिका अनुसार शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका छ। प्रदेश १ मा भने प्रदेश अधिवेशन उद्घाटन शुक्रबार हुने भएको छ। 

माओवादीले १२  युवालाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने

नेकपा (माओवादी केन्द्र ) को स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन्। 

माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिधिले पार्टी केन्द्रीय समितिको बैठकमा भाग लिएर केन्द्रीय भूमिका निर्बाह गर्न पाउँछन्। बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले १२ युवाहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

प्रवक्ता महराका अनुसार केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा अखिल (क्रान्तिकारी)का पूर्वनेताहरू रत्न ढकाल,  नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट , रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम र उत्तम अधिकारी छन्।

एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय बन्द

बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए।

दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीका पिसिआर परीक्षण गरिएको थियो। विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु

शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबारदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ। यस सिजन फ्रेण्ड्सले जित हात पार्न सकेको छैन। पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो। उता थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सतदोबाटोसँग पराजित भएको थियो।

प्रकाशित: Dec 03, 2021| 11:12 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।