काठमाडौं– एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित भएका केपी शर्मा ओली शुक्रबार पदबहाली गर्दैछन्। उनले दिउँसो १ बजे केन्द्रीय कार्यालय थापाथलीमा पदबहाली गर्ने कार्यक्रम रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।
ओली चितवनमा हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचनमा ओली र अर्का नेता भीम रावलबीच प्रतिस्पर्धा भएको थियो।
नवौं महाधिवेशनमा पनि अध्यक्षमा निर्वाचित भएका ओलीले दोस्रो कार्यकालका लागि पदबहाली गर्न लागेका हुन्।