शुक्रबार, असोज ३१, २०८२

हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द

हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ। हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन्।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

हुम्ला- सदरमुकाम सिमकोटमा आज बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ। हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन्। 

Kumaribank

त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए।

नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान  पानी तथा हिमपातले गर्दा बन्द भएका छन्। हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ।

 त्यस ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले फोनबाट जानकारी गराए।

प्रकाशित: Dec 02, 2021| 20:40 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।