मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा आफ्नै पक्षका नेतालाई सर्वसम्मत बनाउन खाणको आग्रह, भण्डारीले भने - 'डेटएक्सपायर' नेता नचुन्‍नुस्

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनीमा आफ्नै पक्षका नेतालाई सर्वसम्मत बनाउन खाणको आग्रह, भण्डारीले भने - 'डेटएक्सपायर' नेता नचुन्‍नुस्

‘नयाँ र राम्रा फोटो खिच्न नयाँ मोबाइल खोज्छौं, तर देश बनाउन नसक्ने पुराना नेताका पछि किन लाग्‍ने? अब यसरी देश बन्दैन,नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ,’ उनले भने।
 |  बिहीबार, मंसिर १६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

बुटवल- नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशन बिहिबारबाट भैरहवामा सुरु भएको छ। अधिवेशनको निर्वाचन संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका हुन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै खाँणले आफ्नै पक्ष अर्थात संस्थापन समूहका उम्मेद्वार भरतकुमार शाहलाई सर्वसम्मत रुपमा जिताउन अपिल गरेका छन्। 

triton college

संस्थापन इतर समूहबाट रोल्पाका अमरसिंह पुन मगरले उम्मेद्वारी घोषणा गरेर प्रचार प्रसार गरिरहेको बेला खाँणले शाहलाई सर्वसम्मत बनाएर सन्देश दिन प्रतनिधिलाई आग्रह गरे।

उनले रुपन्देहीले सभापति पदलगायत सबै पदमा सर्वसम्मत गरेर सन्देश दिएकोले अब लुम्बिनीको नेतृत्व पनि सर्वसम्मत बनाउनुपर्नेमा जोड दिए। ‘कस्को कति मत छ त्यो बेग्लै कुरा हो, तर हामीले सर्वसम्मत रुपमा नेतृत्व चयन गरौं,’ उनले भने । 

खाणले अहिले शतप्रतिशत क्रियाशिल वृद्धि भइ १० लाख पुगेकोमा खुशी व्यक्त गर्दै अहिले जनताले नेपाली कांग्रेसलाई  विश्‍वास गरेकोले उक्त विश्‍वास पुरा गर्ने ठूलो चुनौती थपिएको बताए। 

डेटएक्सपायर नेताबाट मूलूक बन्दैन : भण्डारी 

Metro Mart
vianet

उद्घाटन सत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नयाँ पुस्तालाई पूराना नेता नचुन्‍न आग्रह गरे। उनले डेटएक्सपायर नेताबाट मुलुक र पार्टी नबन्ने बताउँदै नयाँ पुस्ताले पूराना नेता छनोट नगर्न अपिल गरे। ‘नयाँ र राम्रा फोटो खिच्न नयाँ मोबाइल खोज्छौं, तर देश बनाउन नसक्ने पुराना नेताका पछि किन लाग्‍ने? अब यसरी देश बन्दैन,नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ,’ उनले भने। 

पुराना पुस्ताबाट पार्टी नचल्ने भन्दै यो महाधिवेशनले नयाँ सन्देश दिनुपर्ने उनको भनाइ छ। ‘नेताहरू दुइजिब्रे  भए ,गफ मात्रै लाउने, यसरी बिकास ,सम्पन्नता,समृधि कहिले आउँछ?  उनले गाँउदेखि केन्द्रसम्म कांग्रेसको नेतृत्व बदल्न जरूरी रहेको बताए।  प्रदेश अधिवेशन सर्वसम्मत तरिकाले नेता चुन्‍न पनि उनले गृहमन्त्री बालकृष्ण खाँणलाइ पहल गर्न आग्रह गरे। 

उद्घाटन कार्यक्रममा मानबहादुर विश्वकर्मा, देवेन्द्र कंडेल लगायत प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्रीहरु लगायत दुई दर्जन बढी नेताहरुले सम्बोधन गरेका थिए। लुम्बिनीमा शुक्रबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले बताए। १७ गते मतदानको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ। लुम्बिनी प्रदेशबाट महाधिवेशन र प्रदेश प्रतिनिधि गरी १ हजार ५ सय ८५ जना मतदाता छन्। लुम्बिनीमा सर्वसम्मत नेतृत्व चयनका लागि गृहमन्त्री बालकृष्ण खाँणले पहल गरिरहेका छन्।

प्रकाशित: Dec 02, 2021| 20:00 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।