काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार हेटौंडा जाने भएका छन्।
बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार हुने नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्न देउवा हेटौंडा जाने भएका हुन्।
उनले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहको जनाइएको छ।
बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए। सो कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा भोलि बिहीबार बिहान ११ बजे हुने बताइएको छ।