बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भैरहवामा प्रदेश अधिवेशन गर्दै लुम्बिनी कांग्रेस, गृहमन्त्री खाँड पनि सहभागी हुने

भैरहवामा प्रदेश अधिवेशन गर्दै लुम्बिनी कांग्रेस, गृहमन्त्री खाँड पनि सहभागी हुने

गृहमन्त्री बालकृष्ण खाँडले प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन रुपन्देहीको भैरहवामा हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचनको तालिका अनुसार रुपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा मंसिर १६ गते दिउँसो १२:३० बजे प्रदेश अधिवेशन उद्धाटन हुनेछ।

गृहमन्त्री बालकृष्ण खाँडले प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए। जोशीका अनुसार १६,१७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रदेश संरचना अनुसार कांग्रेसको यो पहिलो प्रदेश अधिवेशन हो। १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय भएको छ। 

प्रदेशभरका १५ सय ८५ जना प्रतिनिधिले मतदान गर्ने छन्। अधिवेशनमा ३ हजार बढीको सहभागिता रहने सचिवालय सदस्य शिवप्रसाद गैरेले जानकारी दिए।

गैरेले बाहिरी जिल्लाबाट सहभागी हुन आउनेहरुको लागि खाने र बस्ने व्यवस्था गरिएको जानकारी दिए।

प्रकाशित: Dec 01, 2021| 18:52 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...