बुधबार, जेठ २०, २०८३

औद्योगिक पत्रकारिता पुरस्कारबाट खनाल पुरस्कृत

रुपन्देही उद्योग संघले ४४ औं स्थापना दिवसका अवसरमा खनालाई उक्त पुरस्कार प्रदान गरिएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन्।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

बुटवल- नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघद्वारा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन्। रुपन्देही उद्योग संघले ४४ औं स्थापना दिवसका अवसरमा खनालाई उक्त पुरस्कार प्रदान गरिएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन्। 

National life

पुरस्कारको राशी ४४ हजार ४ सय ४४ रुपैयाँ रहेको छ। उद्योग संघले प्रत्येक वर्ष पुरस्कारको राशी बृद्धि गर्दै लगेको छ। नेपाल पत्रकार महासंघसँग सहकार्य गरि स्थापना गरिएको उक्त पुरस्कार छनौटका लागि पत्रकार माधव नेपालको संयोजकत्वमा रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरा र अर्थविज्ञ मनिकर कार्की सदस्य रहेका थिए। 

उक्त अवसरमा प्रदेश प्रमुख शेरचनले राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी श्रमको सदुपयोग गर्नुपर्नेमा जोड दिए।  वास्तविक राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न आग्रह गर्दै उनले प्रतिस्पर्धाको युगमा आफुलाई त्यसै अनुसार उभ्याउन सक्नुपर्ने बताए। 

प्रदेश प्रमुख शेरचनले उद्योग र उद्योगीका समस्याहरुलाई राज्यले सम्बोधन गर्ने बातावरण सिर्जना गर्न आफुले सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे। 

प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले नेपालमा स्वदेशी उद्योगको स्थापना र विकासका लागि बनेका नीतिमा केही राम्रा कुरा भए पनि त्यसको सहि कार्यान्वन एवं प्रयोग गर्न नसकिएको बताए।

Shivam cement

 

प्रकाशित: Dec 01, 2021| 18:00 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।