बिहीबार, भदौ ४, २०८३

रेखा थापाले राप्रपा महामन्त्रीमा उम्मेदवारी दिने

अभिनेतृ रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन्।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं– अभिनेतृ रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन्। आज बुधबार काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा लड्ने तयारी गरिरहेको बताइएको छ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले यसबारे औपचारिक रुपमा भने बोलेकी छैनन्। तर, उनी निकटस्थहरुका अनुसार रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिने तयारीमा छन्। राप्रपाका एकमात्र निर्वाचित सांसद लिङ्देनले भने गत बिहीबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए। कार्यक्रममा रेखा पनि उपस्थित थिइन्।

रेखा यसअघि अध्यक्ष पशुपति शमशेर राणा निकट थिइन्। यसपटक राणा अध्यक्षमा नउठ्ने भएका छन्। हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ। हालका एक अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले भावी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव नलड्ने घोषणा गरेका छन्। अध्यक्षमा थापा र लिङ्देनको प्रतिस्पर्धा निश्चित भएको छ।

पार्टीको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ। रेखा महिला महामन्त्रीमा उठ्न लागेकी हुन्। लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ।

कमल थापा पक्षबाट भने महानमन्त्रीमा कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन्। 

प्रकाशित: Dec 01, 2021| 16:30 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...