बिहीबार, भदौ ४, २०८३

हिन्दु धर्म र राजसंस्थातिर नफर्कन राप्रपालाई माधव नेपालको सुझाव

‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाइराख्नोस्। तर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस्। परिवर्तनको गति रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं।’
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं– सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गति रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन्।  राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको बुधबार काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाइराख्नोस्। तर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस्। परिवर्तनको गति  रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं।’

नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याए। उनले सोहीअनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। 

अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपाको नेतृत्वलाई सचेत गराए। उनले इतिहास अब पछाडि नफर्कने बताए। ‘हाम्रो देशको आफ्नै विशेषता छ। हामीले हाम्रो देशको विशेषतालाई बिर्सियौं र अरुको नक्कल गर्न थाल्यौं भने त्यसले पनि बिग्रिन्छ’, अध्यक्ष नेपालले भने। 

उनले नेपालमा प्रमुख तीन चिज महत्त्वपूर्ण रहेको पनि बताए। उनले भने, ‘नेपाल दुईटा धर्मको उद्गम थलो हो– हिन्दु धर्म र बुद्ध धर्म। र नेपाल सर्वोच्च शिखर सगरमाथाको देश हो।’ यसप्रति हामी सबैले गौरवबोध गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘नेपाल एउटा यस्तो देश, जहाँ जातीय र धार्मिक द्वन्द्व छैन भनेर संसारलाई चिनाउनुछ।’

अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरु अहिले पनि सचेत भएर अघि बढ्नुपर्ने बताए।

प्रकाशित: Dec 01, 2021| 16:15 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...