बिहीबार, भदौ ४, २०८३

४ वर्षपछि युवालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले आफूलाई एक कार्यकालको मौका दिन आग्रह गरेका छन्।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- राप्रपा अध्यक्ष कमल थापाले आफूलाई एक कार्यकालको मौका दिन आग्रह गरेका छन्।भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब चार वर्ष आफूलाई नेतृत्व गर्ने मौका दिन आग्रह गरेका हुन्।

यस चारवर्षमा पार्टीलाई उचाइमा पुर्‍याएर युवालाई नेतृत्व हस्तान्तरण गर्ने थापाको भनाइ छ। अध्यक्षको उम्मेदवारसमेत रहेका थापाले आफूहरुबाट कुनै कमिकमजोरी भए पनि भ्रष्टाचार गरेको भन्ने आरोप कसैले लगाउन नसक्ने बताए। 

थापालाई चुनौती दिँदै राजेन्द्र लिङ्देन अध्यक्षको दौडमा छन्। उनले उम्मेदवारी घोषणा गरिसकेका छन्। लिङ्देनलाई डा प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणालगायतका नेताहरूको समर्थन छ। 

प्रकाशित: Dec 01, 2021| 15:56 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...