बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • युवा नेताहरूले भने- महाधिवेशनले मुलुकको नेतृत्व गर्न एमाले सक्षम रहेको सन्देश दियो

युवा नेताहरूले भने- महाधिवेशनले मुलुकको नेतृत्व गर्न एमाले सक्षम रहेको सन्देश दियो

नेकपा एमालेका नेताहरूले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन्।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- नेकपा एमालेका नेताहरूले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन्।

नेकपा एमालेका नवनिर्वाचित सचिवद्धय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको १०औं महाधिवेशनले मुलुकको समस्या समाधान गर्नका लागि मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका हुन्। मंगलबार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव भट्टराईले मुलुकमा विद्यमान राष्ट्रिय मुद्दालाई राष्ट्र र जनताको हितमा समाधान गर्नेगरी आफ्नो पार्टीले मुलुकमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने सन्देश दिएको बताए।

उनले नेकपा एमालेप्रति जनताको अभूतपूर्व आशा, भरोसा र समर्थन रहेको सन्देश पनि महाधिवेशनले दिएको उनले बताए। सचिव भट्टराईले भने, ‘महाधिवेशनको सन्देश नेपाली जनताबीचमा एमाले लोकप्रिय छ। नेकपा एमालेप्रति जनताको विश्वास, भरोसा र समर्थन अभूतपूर्व छ। नेकपा एमाले नै यो मुलुकको राष्ट्रिय राजनीतिको मुलुकलाई सही दिशामा नेतृत्व गर्न सक्ने राजनीतिक दल हो। र, छिटोभन्दा छिटो नेकपा एमालेको नेतृत्वमा नयाँ म्यान्डेट प्राप्त गर्दै नयाँ सरकार निर्माण गर्नुपर्छ।' उनले पार्टीलाई अझै सुदृढ र एकतावद्ध बनाउँदै जानुपर्ने बताए।

एमालेकी सचिव अर्यालले नेपाली जनताका सपनालाई विपनामा परिणत गर्ने शक्ति आफ्नो पार्टीमा मात्रै भएको सन्देश महाधिवेशनले दिएको बताइन्। उनले त्यसका लागि नयाँ संकल्प र पार्टी भित्रको नयाँ एकताका साथअघि बढनुपर्ने सन्देश पनि महाधिवेशनले प्रवाह गरेको दाबी गरिन्।

सचिव अर्यालले भनिन्, ‘नेकपा एमाले राष्ट्र र जनताप्रति समर्पित हुँदै नयाँ संकल्पका साथ, नयाँ एकताका साथ जतिपनि समस्या छन्। नेपाली जनताको जतिपनि सपना छन्। ती सपनालाई विपनामा परिणत गर्नका लागि आजको दिनदेखि उद्घोष गर्‍यौ है भन्ने सन्देश जनतामा पुग्ने गरी सन्देश प्रवाह गर्न यो महाधिवेशन समक्ष भएको छ।’ 

नवनिर्वाचित केन्द्रीय सदस्य महेश बस्नेतले पनि यो महाधिवेशनले मुलुकको नेतृत्व लिने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको सन्देश दिएको बताए। उनले केपी ओलीले अघि सारेको समृद्ध नेपालः सुखी नेपालीको अभियानलाई अघि बढाउने जिम्मेवारीसमेत एमालेको रहेको म्यान्डेट महाधिवेशनबाट प्राप्त भएको दाबी गरे।

प्रकाशित: Dec 01, 2021| 13:13 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...