बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपा महाधिवेशन आजदेखि : कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्षको प्रतिस्पर्धामा

राप्रपा महाधिवेशन आजदेखि : कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्षको प्रतिस्पर्धामा

राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ।

भृकुटीमण्डपमा सुरु हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ। महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन्।

महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन्।

तीन जना अध्यक्षमध्ये  प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन्। त्यसैले अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।

प्रकाशित: Dec 01, 2021| 07:35 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...