बिहीबार, भदौ ४, २०८३

एक मतले हारेपछि पुन: मतगणना माग

नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाकाे माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन्।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

सुनसरी- नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाकाे माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन्। 

जिल्ला उपसभापतिका उम्मेदवार अन्सारी र सचिवका उमेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका हुन्। 

संस्थापन पक्षबाट उमेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पङ्कज कुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए। १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुन गणना गर्न माग गरिएको जानकारी दिए। 

सचिवमा एक मतले पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै पनि लापरबाही तरिकाले मतगणना गरिएको भन्दै निवेदन दिएको बताए। सचिवमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए। संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर पराजित भएका थिए। 

निर्वाचन कार्यालयमा निवेदन परेपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ। सहायक जिल्ला निर्वाचन अधिकृत वेनु सिग्देलले सहमति नहुन्जेल मतगणना स्थगित गरिएको जानकारी दिए। 

उनले दुई समूहका उमेदवार, जिल्ला नेताको सर्वपक्षीय छलफलबाट निष्कर्ष निकालिने बताए। 

प्रकाशित: Dec 01, 2021| 06:44 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...