बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाले भने - अरु पार्टीको चिन्ता होइन, आफ्नो पार्टी बलियो बनाउन ध्यान दिनुस्

देउवाले भने - अरु पार्टीको चिन्ता होइन, आफ्नो पार्टी बलियो बनाउन ध्यान दिनुस्

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। 

मंगलबार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन्। उनले विगतका दिनमा पार्टी भित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताएका छन्। 

प्रधानमन्त्री देउवाले अरुको पार्टीमा आँखा लायन छोडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताए। प्रधानमन्त्री देउवाले भने, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ। हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ। तपाईंहरुलाई थाहै छ, सत्य कुरा लुक्दैन। पार्टी भित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए। आगामी दिनमा यो पार्टीलाई एकतावद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ। हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ। अरुको पार्टीको चिन्ता उनीहरुलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाउँ। उहाँहरुको भन्दा ठूलो पार्टी बनाउँ।’

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए। उनले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे। प्रधानमन्त्री देउवाले बुढापाकाहरुलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन सुझाए।

प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टीको लागि र प्रजातन्त्रकोल लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताए।

प्रकाशित: Nov 30, 2021| 21:32 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...