बिहीबार, भदौ ४, २०८३

जबजको मर्म कार्यान्वयन गर्न महाधिवेशन असफल भयो : भीम रावल

'समग्रमा यो महाधिवेशनले जबज र विधान महाधिवेशनका विषयलाई सम्बोधन गरेन। व्यवस्थापन पनि सहज भएन,' रावलले थपे, 'यद्यपि महाधिवेशन सकिएको छ। यसका विविध विषयमा काठमाडौं गएपछि गर्नेछु।'
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचित नभएका भीम रावलले महाधिवेशन जबजको मर्म कार्यान्वयन गर्न असफल भएको बताएका छन्। निर्वाचितहरूको सपथग्रहण कार्यक्रममा सहभागी भएर बन्दसत्रस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रावलले यस्तो बताएका हुन्। 

'समग्रमा यो महाधिवेशनले जबज र विधान महाधिवेशनका विषयलाई सम्बोधन गरेन। व्यवस्थापन पनि सहज भएन,' रावलले थपे, 'यद्यपि महाधिवेशन सकिएको छ। यसका विविध विषयमा काठमाडौं गएपछि गर्नेछु।' 

आफूले निर्वाचन परिणामलाई सहज रूपमा लिएको रावलको प्रतिक्रिया छ। निर्वाचन प्रक्रिया र त्यसमा प्राप्त भएको मतलाई आफूले उठाएका विषयको सन्देश प्रवाह गर्न सफल भएको भन्दै उनले सन्तोष व्यक्त गरे। 

पार्टीमा काम गर्ने विषयमा आगामी दिनमा सोच्ने उनको भनाइ छ। 'भर्खरै महाधिवेशन सकियो। कमिटीमा नै नरहेपछि पार्टीमा कसरी विषयमा सोचौँला,' उनले कुराकानी टुंग्याए। 

प्रकाशित: Nov 30, 2021| 20:47 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...