बिहीबार, भदौ ४, २०८३

केन्द्रीय सदस्यमा रावलले लिएनन् शपथ

एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले रावलको नाम केन्द्रीय कमिटी सदस्यमा पढेका थिए। तर, रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिएका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- नेकपा एमालेको केन्द्रीय सदस्यमा विजयी भएका भीम रावलले केन्द्रीय सदस्यका सरूपमा शपथ ग्रहण नगरी शपथ ग्रहण कार्यक्रम सकिएको छ। एमाले विधान अनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिन मिल्ने र पदाधिकारीमा विजयी नभएर केन्द्रीय सदस्यमा निर्वाचित भएपनि उनले शपथ नलिएका हुन्। 

एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले रावलको नाम केन्द्रीय कमिटी सदस्यमा पढेका थिए। तर, रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिएका छन्।

उनले अध्यक्ष पदमा पराजित भएमा आफू केन्द्रीय सदस्यमा नबस्ने बताएका दिए। विधान अनुसार निर्वाचन समितिले उनको उम्मेदवारी स्वतः केन्द्रीय सदस्यमा पनि राखेको थियो। तर, रावलले आफूले उम्मेदवारी नदिएको पदमा पनि राखेको भन्दै दिउँसो आपत्ति जनाएका थिए।

प्रकाशित: Nov 30, 2021| 19:46 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...